घटस्थापनायता करिब ५ लाखले राजधानी छाडे

काठमाडौं । दसैंका मुख्य दिन नजिकिएसँगै राजधानीबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । घटस्थापनायता करिब पाँच लाखले राजधानी छाडिसकेको उपत्यका ट्राफिक प्रहरीको अनुमान छ । घटस्थापनादेखि बिहीबार बिहान ६ बजेसम्म उपत्यकाका विभिन्न नाकाबाट करिब पाँच लाख यात्रु बाहिरिएका हुन् । हिजो (बुधबार) दिनभर करिब डेढ लाख यात्रुले उपत्यका छाडेको अनुमान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले…