दक्ष जनशक्ति उत्पादनमा पोउवा संघ र सिटिइभिटीबीच सहकार्य

पोखरा । पोखरा उद्योग वाणिज्य संघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बजारको आवश्यकता अनुरुपको तालिम आयोजना गर्न तयार भएका छन् । संघ तथा सिटिइभिटी गण्डकीबीच मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा सो सहमति बनेको हो । कार्यक्रममा व्यवसायीहरुले बजारको आवश्यकता अनुरुपको तालिममा जोड दिए भने सिटिइभिटीबाट सोही अनुरुपको तालिम दिने प्रतिवद्धता व्यक्त भयो ।…