सिमकोट । राष्ट्रिय सडक सञ्जालमा जोडिएको कर्णाली कोरिडोरअन्तर्गत कालीकोट र बाजुरा जिल्लामा हुने यातायात सिण्डिकेट हटाउन हुम्लाका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष एकबुँदे माग गरेका छन् । काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायत स्थानबाट हुम्लाका लागि सञ्चालन हुने सार्वजनिक तथा निजी यातायातका साधनलाई बाजुरा, सुर्खेत, दैलेख, कालीकोटका विभिन्न क्षेत्रमा मनपरी शुल्क लिने, रिजर्भ गरी ल्याइएका सवारीसाधनलाई अनेक दुःख…