कर्णाली राजमार्गमा अवरोध भए तत्काल खुलाउन आवश्यक उपकरण र सामग्री व्यवस्थापन

कालीकोट । कर्णाली राजमार्गमा बाढी र पहिरोका कारण अवरुद्ध हुनसक्ने अवस्थालाई ख्याल गरी आवश्यक उपकरण र सामग्रीको व्यवस्थापन गरिएको छ । ठाउँठाउँमा डोजरसहित आवश्यक सामग्री तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राजमार्गको सुर्खेत–दैलेख–कालीकोट–जुम्ला–मुगु सडकका विभिन्न सात ठाउँमा सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले डोजर राखेका हुन् । कर्णाली राजमार्गको सुर्खेतबाट मुगुसम्मको…