कांग्रेसले कर्णाली सरकार सञ्चालनमा सहयोग गरेन : एमाले

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (एमाले)ले सत्तासाझेदार दल नेपाली कांग्रेसले सरकार सञ्चालनमा सहयोग नगरेको निष्कर्ष निकालेको छ । बिहीबार (साउन २२) बसेको एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकबाट यस्तो निष्कर्ष निकालेकाे हाे । बैठकपछि प्रमुख सचेतक टेकराज पछाईले भने, “दलका सबै सदस्यहरूले नेपाली कांग्रेसले सत्ता सञ्चालनमा सहयोग नगरेको निष्कर्ष निकाल्नुभएको छ । सत्ता सहकार्यमा हुनुपर्ने…