भतिजालाई गोली हानेर घाइते बनाएपछि आत्महत्या

दमक । झापाको गौरादह नगरपालिकामा भतिजालाई गोली प्रहार गरेर गम्भीर घाइते बनाउने एक पूर्व प्रहरीले आत्महत्या गरेका छन् । गौरादह-८ का ३५ वर्षीय वीरेन साहले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् । मंगलबार राति ८ बजेतिर घरबाट करिब ७० मिटर टाढा आफैंलाई गोली हानी आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ…