काठमाडौं । सोलुखुम्बुको थामेखोलामा आएको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकप्टरमार्फत स्थलगत निरिक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टि भएको जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको निरीक्षण गरेको भिडिओमा थामे गाउँमाथिको खुम्बु क्षेत्रका एउटा ताल फुट्दा बाढी आएको देखिन्छ। शुक्रबार आएको बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल…