विराटनगर । सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिकामा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागि एक स्थानीयको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । बुधबार मध्यराति तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर कोशी गाउँपालिका-१, पुरी टोलका ४५ वर्षीय विजय साहको ज्यान गएको हो । घटना बुधबार राति करिब १:१० बजेको हो । भारतबाट…