विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक सुरु भएकाे छ । बैठकमा नेकपा (एमाले) र कांग्रेसका सांसद सत्तापक्षको लहरमा बसेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र जसपाका सांसद विपक्षीको लहरमा छन् । कोसीका मुख्यमन्त्रीलाई जसपा र राप्रपाबाहेक सबै दलले विश्वासको मत दिने तय भएको छ । सभामा…