खोटाङ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा करिब एक हजार आठ सय मिटर तल रहेको सुनकोशीबाट विसं २०७६ पुस २४ गते लिफ्ट गरेर पानी निकालिएको थियो । साविकको लिच्कीराम्चे–७ का ९७ घरलाई लक्षित गर्दै सञ्चालन गरिएको रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना विसं २०७७ पुस–११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाका तत्कालीन गाउँपालिका प्रमुख भूपेन्द्र राईले औपचारिक रुपमा उद्घाटन गरेका…