काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर पक्षले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा माग गरेको छ । दुई पटक मुख्यमन्त्री नियुक्त भए पनि सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका थापाको नैतिकताका आधारमा संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने नेताहरूको माग छ । काँग्रेस संसदीय दलको निर्वाचनमा थापासँग प्रतिस्पर्धा गरेका संस्थापनइतर समूहका नेता केदार कार्कीले दलका नेता…