विराटनगर । प्रदेश १ मा एक सातामा नयाँ सरकार बन्ने भएकाे छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेसँगै सरकार गठनको बाटो खुल्ला भएको हो । आइतबार प्रदेश प्रमुख खापुङले सरकार गठनको लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न खापुङले आग्रह गरेका छन् । संविधानको धारा…