लुम्बिनीबाट कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी विजयी

रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदार विजयी भएका छन् । बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् । नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजया लक्ष्मी सिंह र…