भैरहवा । वैशाखको पहिलो साता नै भैरहवा तथा यस क्षेत्रका आसपासको तापमान ४२ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । वैशाखमै तापक्रम बढ्दै जाँदा तराईमा गर्मी बढ्दो रहेको छ । आज नेपालमै सबैभन्दा बढी गर्मी भैरहवामा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले प्रकाशित गरेको बुलेटिनअनुसार भैरहवाको अधिकतम तापमान ४१ दशमलव सात डिग्री…