दाङ । लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । प्रदेश प्रमुख कार्यालयमा आइतबार अपराह्न मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका हुन् । नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापा उद्योग तथा यातायात मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार उनीहरूलाई मन्त्री बनाएका थिए…