एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना जारी

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मतगणना भइरहेको छ । प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना भएको हो । प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।…