श्रीमतीसँग अवैध सम्बन्ध राख्नेलाई सुरूङभित्र लगेर गोली प्रहार

दाङ । दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङभित्र मृत फेला परेका घोराही उपमहानगरपालिका–६ अघराका शिवराज केसीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ४५ वर्षीय केसीको शव गोली हानेर हत्या भएको अवस्थामा गत १४ पुसमा कोइलाखानीको सुरुङमा भेटिएको थियो । दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार पक्राउ पर्नेमा बंगलाचुली–४ गदारीका ४३ वर्षीय…