काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन् । लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेका भन्दै उनले प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गरेका हुन् । पदमुक्त गरिएका प्रदेशसभा सदस्यहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह तथा जनता समाजवादी पार्टीका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदा शङ्करप्रसाद कलवार रहेका छन्…