काठमाडौँ । आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम-२३ का ४५ वर्षीय अजिज राइन रहेका छन् । प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ…