छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक

सुनसरी । तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ । बजारमा छठ मनाउनेहरूले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन् । सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले भने, “छठमा बाँसका सामानको बिक्री अत्यधिक हुन्छ । तीन/चार दिनमा रु तीन लाखभन्दा बढीको कारोबार हुन्छ ।” उनले पहाड…