झलनाथ खनाल प्रतिष्ठानको नाममा १८ करोड भ्रष्टाचार

काठमाडौं । सर्लाही लालबन्दीस्थित झलनाथ खनाल स्वासथ्य विज्ञान प्रतिष्ठानको नाममा करिब १८ करोड भ्रष्टाचार भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमारसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर…