मुख्यमन्त्री सिंहले २८ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहले असोज २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम असोज २८ गते विश्वासको मतका लागि व्यवस्था मिलाइदिन प्रदेशसभालाई शुक्रबार पत्राचार गरेका हुन् । जनमत पार्टीबाटै मुख्मन्त्री बन्नुभएका सिंहलाई जनमत पार्टी, नेपाली काँग्रेस र नेकपा (एमाले) ले समर्थन फिर्ता…