बैतडी कांग्रेस कार्यसमितिकाे अन्तिम मत परिणाम सार्वजनिक

बैतडी, ११ मंसिर । नेपाली कांग्रेस बैतडीका सबै पदको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यसअघि जिल्ला कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरूको मतगणना सम्पन्न भएकोमा शुक्रबार राति जिल्ला सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको हाे । मतदान प्रक्रियाबाट चयन भएका बैतडीका ४०जना जिल्ला सदस्यहरूको नामावली सार्वजनिक भएको सहायक जिल्ला निर्वाचन अधिकृत बिष्णु अवस्थीले बताए…