अछाममा मृत भेटिएका १५ वर्षीय किशोरको शव ३ दिनदेखि घटनास्थलमै

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर-४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनामा प्रहरीले जाहेरी लिन नमानेको भन्दै स्थानीय आन्दोलित भएपछि तीन दिनदेखि शव उठाइएको छैन । १७ जेठमा बेपत्ता भएर शनिबार बिहान घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरिएको दाबीसहित आफन्तले दिएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेको भन्दै स्थानीयले आन्दोलन…