कञ्चनपुर । कैलाली र कञ्चनपुरमा आरीघोप्टे वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा प्राप्त जानकारीअनुसार कञ्चनपुरको बेलौरीमा १२ घण्टामै २ सय ७० मिलिमिटर वर्षा भएको छ । यस्तै कञ्चनपुरको कृष्णनगरमा १२ घण्टामा १ सय ९२ मिलमिटर र कैलालीको धनगढी विमानस्थलमा १२ घण्टामा १ सय ८१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ ।…