यसरी हुन्छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन

काठमाडौं । संविधानले नेपालमा एक जना राष्ट्रपति र एक जना उपराष्ट्रपति रहने व्यवस्था गरेको छ । ‘राष्ट्रपति’ देशको सर्वोच्च पद हो । संविधानले राष्ट्रपतिलाई नेपालको संविधानको पालनकर्ता र संरक्षणकर्ताका साथै राष्ट्रिय एकताको प्रबद्र्धकका रूपमा स्थापित गरेको छ । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यको सम्पादन उपराष्ट्रपतिबाट गरिने व्यवस्था संविधानमा उल्लेख गरिएको छ । संघीय संसद्को सदस्य…