महाभारत आजभन्दा लगभग पाँच हजार वर्ष पहिले लेखिएको ग्रन्थ हो। यस ग्रन्थमा पात्रहरू छन्, हजारौं नामहरू छन्। तर कसैको पनि थर छैन। अर्जुनको थर के हो? श्रीकृष्णको थर के हो? दुर्भाषाको थर के हो? वेदव्यासजीको थर के हो? थरको किन उल्लेख भएन होला ? यसको दुईवटा सम्भावना हुन सक्छन्। एउटा या त थर थिएन। या थर मुख्य थिएन। कमसेकम हामी यति भन्न सक्छौं कि थर गौण थियो। जातीपातीको मुख्य आधार थर हो। यसबाट यही प्रमाणित हुन्छ कि जातीपाती थिएन।नाम अनुसारको वंश परम्परा भएकाले। हाम्रो इतिहासमा वंश परंम्परा पनि नाम अनुसार छ, कुनै थर अनुसार छैन। रघुवंश, सूर्यवंश, चन्द्रवंश आदि विभिन्न वंशहरू नामबाट छन्। थरबाट छैनन्। यसबाट यही प्रमाणित हुन्छ कि पहिला जातीपाती थिएन।अयं बन्धुरयं नेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्॥ महोपनिषद् ६–७१ जहाँ सबैलाई एउटै परिवार मान्ने सिद्धान्तको प्रचार छ, त्यो सिद्धान्तमा जातीयताको अनि जातीए विभेदको अस्तित्व पनि हुन सक्दैन।अन्य धर्म मान्नेलाई सैतान हो भन्ने मानसिकता जुन धर्ममा हुन्छ, त्यस धर्मका अनुयायी भएको समाजले सबै समान हुन् भन्ने कल्पना कसरी गर्न सक्छ?जन्मको हिसाबले सबै शूद्र हुन्। संस्कार कर्मद्वारा द्विज बन्दछ। वेदको अध्ययनद्वारा विद्वान् बन्दछ। अनि ब्रह्मलाई जानेपछि ब्राह्मण बन्दछ। यसप्रकार चेतनाको स्थिति अनुसार सबै समान हुनाले पनि विभेद छैन। वर्तमानमा पनि चेतना र शिक्षा अनुसार विभिन्न वर्ग हुनुलाई विभेद मान्न मिल्दैन।वर्णमा विभेद नभएको इतिहास प्रमाण उपलब्ध हुनाले। श्रीमद्भागवत अनुसार– ब्राह्मणा: क्षत्रिया वैश्या: शूद्रा यज्ञदिदृक्षव:। तत्रेयु: सर्वराजानो राज्ञां प्रकृतयो नृप॥ भागवत १०–७४–११अर्थात्, युधिष्ठिरजी महाराजको यज्ञमा सहभागि हुनका लागि ब्राह्मण, क्षेत्रि, वैश्य, शूद्र सबैजना त्यहाँ गए। यसबाट यही प्रमाणित हुन्छ कि कुनै निश्चित वर्णको लागि यज्ञादिक कर्ममा सहभागि हुनको लागि शास्त्रअनुसार बन्देज छैन। अझै हेर्नुहोस । गुरुशुश्रूषणे जिष्णु: कृष्ण: पादावनेजने। परिवेषणे द्रुपदजा कर्णो दाने महामना:॥ भागवत १०–७५–५ अर्थात्, भगवान् श्रीकृष्णले युधिष्ठिरजी महाराजको यज्ञमा आएका सबैजना अतिथिको चरण धुने कार्य गर्नुभयो। यहाँ केवल ब्राह्मणको धुनुभयो भनिएको छैन। सबै अतिथि भनियो। त्यसैले अतिथि धर्ममा पनि कुनै पनि वर्णभेद शास्त्रमा भेटिँदैन।अथर्त्विजो महाशीला: सदस्या ब्रह्मवादिन:। ब्रह्मक्षत्रियविट्शूद्रा राजानो ये समागता:॥ भागवत १०–७५–२५ देवर्षिपितृभूतानि लोकपाला: सहानुगा:। पूजितास्तमनुज्ञाप्य स्वधामानि ययुर्नृप॥ भागवत १०–७५–२६ अर्थात् यज्ञमा उपस्थित ब्राह्मण, क्षत्रि, वैश्य, शूद्र सबैजनाको पूजा युधिष्ठिरजी महाराजले गर्नुभयो। यसप्रकारले चारैवटा वर्ण धर्मको हिसाबले समान हुन्। आ–आफ्नो धर्मको पालना सबैले गरेमा सबैको समान स्थान हुन्छ।यसप्रकार यही सिद्ध हुन्छ कि सनातन धर्ममा जातीयता छैन। जुन वर्ण व्यवस्था छ, त्यसमा सबैको निम्ति समान अवसर छ। त्यसैले विभेद छैन। तैपनि हाम्रो समाजमा कहिँ कतै देखिने विभेदको जिम्मेवार समाज नै हो। सनातन धर्म होइन।जातियताको जरो पश्चिमा समाज हो भन्ने प्रमाणहरू– १. पश्चिमी समाजमा थर प्रधान हुनु। उनीहरूको पुस्तकमा, विद्वत समाजमा पहिले थर अनि नाम लेखिन्छ। व्यक्तिहरूलाई चिन्दा पहिले थरले चिनिन्छ।उनीहरूको पुस्तकमा, विद्वत समाजमा पहिले थर अनि नाम लेखिन्छ। व्यक्तिहरूलाई चिन्दा पहिले थरले चिनिन्छ।भारतमा हुने जनगणनामा अंग्रेजहरूले नै नाम, थर, जात, धर्म आदि उल्लेख गर्न लगाउनु।यसले पनि उनीहरूकोमा नै जातीयताको सोचाइ थियो भन्ने सिद्ध हुन्छ। उनीहरूमा नभएको भए, यसप्रकारको कार्य नै हुँदैनथ्यो। त्यसअघिको पूर्वीय समाजमा कुन जातिका कुन धर्मका कतिजना थिए भन्नेकुरा नै गौण हुन्थ्यो।पूर्वीय समाजलाई खण्डित पार्न, कमजोर बनाउन जातीयताको मलजल आवश्यक ठानेर अङ्ग्रेजहरूको रणनीति र चरणबद्ध विभिन्न प्रयास गरे जसद्वारा नै पूर्वीय समाजमा म यो जातिको हुँ, ऊ त्यो जातीको हो भन्ने भावनाको बृद्धि हुँदै गयो।युरोपेली समाजमा जातिय भेदभाव :जातीय भेदभावलाई अंग्रेजीमा रेसियल डिस्क्रिमिनेशन भनिन्छ।इन्टरनेटमा गएर खोज्नुभयो भने पनि पाश्चात्य जगतमा रेसियल डिस्क्रिमिनेशनको नाममा विगतमा भएका असंख्य अत्याचारहरू पाउनुहुन्छ। यही रेसियल डिस्क्रिमिनेशनलाई नेपालीमा अनुवाद गर्दा जातीय विभेद भएको होयसप्रकार जातीय विभेदको सोचाइको उत्पत्ति नै अंग्रेजी भाषाबाट भएको हो। ” आजसम्म पनि रंग र थर अनुसारको भेद हुनु।सबैभन्दा विकशित र सभ्य भनिएका अमेरिका, बेलायत एवं अन्य युरेपेली देशहरूमा आजसम्म पनि रंगअनुसार, थर अनुसार भेद हुनुले पनि जातीय विभेदको संस्कृति थियो भन्ने प्रमाणित गर्दछ।भगवान् श्रीकृष्णले युधिष्ठिरजी महाराजको यज्ञमा आएका सबैजना अतिथिको चरण धुने कार्य गर्नुभयो। यहाँ केवल ब्राह्मणको धुनुभयो भनिएको छैन। सबै अतिथि भनियो। त्यसैले अतिथि धर्ममा पनि कुनै पनि वर्णभेद शास्त्रमा भेटिँदैन।
प्रतिक्रिया