लस एन्जलस । अमेरिकाको लस एन्जलसमा आप्रवासीमाथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएको छ । आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ । दुई पक्षबीच भएको झडपका कारण आगजनी र तोडफोडका घटना समेत भएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रदर्शन नियन्त्रणमा लिन ७ सय जल सैनिक परिचालन गरेको पुष्टि गरेको छ…