प्रधानमन्त्री कप क्रिकेट : एपीएफलाई हराउँदै पुलिस शीर्ष स्थानमा

भैरहवा । लगातार चौथो जितसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आज भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले सशस्त्र प्रहरीलाई ५८ रनले हराएको छ । ललित राजवंशी बलिङमा चम्किदा पुलिसले मध्यम स्कोरमा पनि जित बटुलेको हो । पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक…