काठमाडौं । मानव तस्करको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ । कम्बोडियामा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएका तथा बिनाभिसा बसिरहेका उनीहरूलाई नेपाली राजदूतावास, बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएको हो । यस प्रक्रियामा गैरआवासीय नेपाली…