काठमाडौं । आसन्न २१ फागुनको निर्वाचनका लागि मतदान गर्न प्रवासमा रहेका नेपालीहरू स्वदेश फर्कने क्रम तीव्र बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पूर्व र पश्चिमका प्रमुख सीमानाकासम्म अहिले घर फर्कने नेपालीको बाक्लो लर्को देखिन्छ । काँधमा झिटीगुन्टा र मनमा ‘अब त देशमै केही होला कि’ भन्ने मधुरो आशा बोकेर उनीहरू मतदानका लागि आइपुगेका हुन् ।…