लण्डन । बेलायतमा हालै सम्पन्न स्थानीय निर्वाचनमा त्यहाँस्थित गैरआवासीय नेपाली उम्मेदवार पनि विजयी भएका छन् । सार्वजनिक नतिजा अनुसार पाँच जना गैरआवासीय नेपाली उम्मेदवार विजयी भएका हुन् । विभिन्न स्थानीय काउन्सिलबाट १० गैरआवासीय नेपाली उम्मेदवार बनेका थिए । निर्वाचित हुने पाँचमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका हुन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन्…