कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ । राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका हुन् । बैठकले स्थानीय तहको निर्वाचनबारे ठोस निर्णय लिने भएको छ ।…