सात दिनभित्र आरक्ष पीडितको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्लाफाँटा राष्ट्रिय (पुरानो वन्यजन्तु आरक्ष) निकुञ्जबाट विस्थापितहरूको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारी निवास बालुवाटारमा सोमबार कांग्रेस नेता एनपी साउदको नेतृत्वमा आएको आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले एक साताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । २०५८ सालमा तत्कालीन आरक्ष विस्तारका क्रममा देउवा…