वरिष्ठ नेता पौडेलको असन्तुष्टिपछि कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको विषयमा छलफलका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । सभापति देउवाले एकलौटी निर्णय गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि आज दिउँसो ३ बजे बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको…