हाम्रा समानुपातिक उम्मेदवार हटाइए, अदालत गएका छौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्काले आफ्नो समूहमाथि विशेष महाधिवेशन पक्षधरले अन्याय गरेको बताएका छन् । धुम्बाराहीमा बसेको संस्थापनइतर समूहको बैठकमा खड्काले विशेष महाधिवेशन पक्षधरबाट अन्याय गरिएको ब्रिफिङ गरेका हुन् । उनले भने, 'हामीहरूमाथि अन्याय भएको छ । समानुपातिक सांसद चयनमा पनि बदमासी भएको छ । यसविरुद्ध हाम्रा उम्मेदवारहरू कोर्टमा जानुभएको छ…