काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ । ८ वटामा गणना चलिरहेको छ भने धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई आयोगले औपचारिक विवरणमा समाविष्ट गरेको छैन । अन्तिम परिणाम घोषणा भएका १५६ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२० सिट जितेको छ…