काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले विशेष महाधिवेशनलाई आफूहरूले अझै स्वीकार नगरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वाचन आयोगले बदनीयत राखेर गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको बताए । नेता विश्वकर्माले भने, ‘हामीले विशेष महाधिवेशनलाई स्वीकारेका छैनौँ । हामीले निर्वाचनमा सहकार्य गरेका हौँ । तर १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिले…