एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन् । एमाले नेतृत्वलाई बालुवाटारमै आमन्त्रण गरेर उनले धन्यवाद ज्ञापन गरेकी हुन् । प्रधानमन्त्रीको निम्तोमा एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रशंसा…