काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने सम्वन्धमा सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिँदै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । बैठकमा सरकारका…