लिम्पियाधुरा, लिपुलेकसहितको नक्सा ल्याएपछि प्रधानमन्त्रीबाट हट्नुपर्‍यो: ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् । सोमबार काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा उनले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको टिप्पणी गरे । सुगौली सन्धिले महाकाली नदीलाई सिमाना…