काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गठित संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाउने समय थप गर्न माग गरेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटासँग म्याद थपको विषयमा छलफल गर्ने जानकारी दिए । 'हामीले म्याद थपका लागि सभामुखसँग आग्रह गर्ने भएका छौँ', कर्णले भने, 'कति दिन भन्ने विषयमा सभामुखको सभामार्फत् जानकारी दिनु…