रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल

काठमाडौं । रास्वपाका नेता शिशिर खनालले जनताले दिएको मत केवल विश्वास मात्र नभई जिम्मेवारी र चेतावनीसमेत भएको बताएका छन् । काठमाडौं-६ मा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले मतदाताले देशलाई सुशासन र समृद्धितर्फ लैजान दुई तिहाइको विश्वास दिएको बताए । भ्रष्टाचार न्यूनीकरण, पुराना भ्रष्टाचारीलाई कारबाही र व्यावसायिक वातावरण निर्माण गर्ने कानुन बनाउनुपर्ने जनअपेक्षा स्पष्ट रहेको बताए…