नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार विरुद्ध तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सात महिना अघि बनेको पाँच दलिय गठबन्धन अन्ततः अमेरिकी सहयोग सम्बन्धि परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन अर्थात् एमसीसी स्विकार गर्ने कि नगर्ने भन्ने विवादसँगै टुट्ने अवस्थामा पुगेको छ । राजनीतिमा गठबन्धनको निर्माण र विघटन स्वभाविक प्रक्रिया हो । राष्ट्रिय मुद्धा र एजेण्डाका…