सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, काठमाडौंमा २२ वैशाखमा शक्ति प्रदर्शन

काठमाडौं । पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो।…