काठमाडौं । स्थानीय तहको निर्वाचन माहोलले देश तातेको छ । सत्ताधारी नेपाली कांग्रेसले आवश्यकता अनुसार गठबन्धन गरेर निर्वाचनमा जाने निष्कर्ष निकालिसकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गठबन्धनका लागि गतिलो साझेदार राजनीतिक दल नभेटेपछि गठबन्धनसँग सिंगल भिड्ने भनेर डुक्रिरहेको छ । अर्थात् सबै राजनीतिक दल स्थानीय निर्वाचनमा प्रतिस्पर्धाका लागि युद्धस्तरमा तयारीमा जुटेका छन् ।…