पदाधिकारीमा सभापति देउवालाई सुविधाजनक बहुमत

काठमाडौं । कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीतर्फ सभापति शेरबहादुर देउवालाई सुविधाजनक बहुमत देखिएको छ । उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा निर्वाचित बनेका ६ जना नेता देउवा समूहबाट उम्मेदवार बनेर निर्वाचित बनेका हुन् । तर, महामन्त्रीमा भने देउवा समूहबाट उम्मेदवार बनेका डा. प्रकाशसरण महत र प्रदीप पौडेल दुवै जना पराजित बने…