काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आजभोलि नै सरकार विस्ता हुन सक्ने बताएका छन् । बिहीबार सहीद प्रतिष्ठना नेपालको १२औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,“अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौँ । अरु मन्त्रालय आजभोलि नै टुंगिँदैछ ।” उनले जनयुद्ध र जनआन्दोलनका सहीदहरुलाई राष्ट्रिय सहीद घोषणा गर्ने गृहकार्य भइसकेको समेत जानकारी…