बालेन लक्षित ओलीको टिप्पणी: ‘बतासका खेती गरिरहेका छन्, कसले खेलाएका हुन् थाहा छैन’

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनको निर्वाचनमा देश जलाउने कि बनाउने भन्नेबीच प्रतिस्पर्धा हुने बताएका छन । आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै उनले आगामी निर्वाचनमा देश हार्न नहुने बताएका छन । आज (शनिबार) काठमाण्डूको चाबहिलमा ओखलढुंगा–काठमाण्डू सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले…