काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले चाहेको खण्डमा आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगको कार्यतालिका छ । आज दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । आजै अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । देशभरका…