काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । नेपालले रौतहट-१ मा उम्मेदवारी दर्ता गरेका छन् । तर, सोही क्षेत्रका उम्मेदवार राम नरेश राय यादवले नेपालको उम्मेदवारी खारेजको मागसहित उजुरी दिएका हुन् । पतञ्जलि जग्गा प्रकरणमा मुछिएका नेपाल उम्मेदवार बन्न अयोग्य रहेको उजुरीमा उल्लेख छ । उजुरीमा भनिएको छ, ‘अख्तियार…