काठमाडौं । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले नेपाली सेनाका दुईजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ । त्यसैगरी सरकारले भारतको विशाखापट्टनममा ०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना…